पथरी शनिश्चरेको एक होटलमा आगलागी
Published:
by .
पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.२ लिच्ची डाडा स्थित एक होटलमा आगलागी हुँदा ११ लाख बरावरको क्षति भएको छ ।आज बिहान भएको आगलागीबाट ११ लाख बरावरको क्षति भएको हो ।
बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटी बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैयाँ समेत जलेर नष्ट हुँदा उक्त रकम बराबरको क्षती भएको हो ।
आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिईएको थियो ।
Comments