बिएण्डसीले क्यान्सर अस्पताल सञ्चालनमा ल्याउँदै
Published: (Updated: )
by .
बिर्तामोड । बिर्तामोडस्थित बि एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।
सन् २०१८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएर भवन निर्माणको काम थालेको अस्पतालले आगामी जनवरी महिनादेखि उपचार सुरु गर्ने तयारी गरेको आज अस्पतालमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफुलाई क्यान्सर लागेको बेला भारतमा गएर उपचार गरेको स्मरण गराउदै नेपाली जनताहरुले पनि आफुले जस्तै उपचार गर्न टाढा जान बाध्य हुनु नपरोस् भन्ने हेतुले क्यान्सर अस्पताल निर्माण गरेको बताए ।
अस्पतालले पहिलो चरणमा एक सय शय्याबाट उपचार सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र कुमार यादवले बताए ।
अस्पतालको भवन निर्माणको काम तिव्रगतिमा भइ रहेको र विभिन्न मेसिन तथा उपकरणहरु समेत अस्पतालमा आइ पुगेको यादवले जानकारी दिए ।
क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै पुर्वमा रहेका क्यान्सरका बिरामीलाई सहज रुपमा उपचार सेवा पाउने अस्पतालका प्रिन्सिपल प्रा डा रामप्रसाद उप्रेतीले बताए ।
पुर्वमा क्यान्सर अस्पताल नहुँदा क्यान्सरका बिरामीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहदै आएको छ ।
Comments