प्रदेशका मुख्यमन्त्री शाहीलाई लक्षित गर्दै विष्फोट
Published: (Updated: )
by .कालीकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै आज (बुधबार) कालीकोटमा बम विष्फोट गराइएको छ ।
मुख्यमन्त्री शाही सहभागी भएको कार्यक्रमस्थल नजिकै विष्फोट गराइएको जनाइएको छ । बुधबार मुख्यमन्त्री शाही पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम सहभागी भइरहेका बेला कार्यक्रमस्थल नजिकै विष्फोट गराइएको हो ।
सुर्खेतबाट स्थलमार्ग हुँदै कालिकोट पुगेका शाही कार्यक्रममा सहभागी भइरहेका बेला कार्यक्रमस्थल नजिकै विष्फोट भएको हो ।
कालिकोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला हो । विष्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोट विप्लव कार्यकर्ताले नै गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
Comments