Sajhamanch Archive

दारी ग्याङको रक्तदानमा तीन पत्रकार सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बुधबारे । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले तीन पत्रकारलाई सम्मान गरेको छ । बुद्धशान्तिमा बुधबार आयोजित रक्तदान कार्यक्रमको अवसरमा स्थानीय तीनजना सञ्चारकर्मीलाई सम्मान गरेको हो ।

ग्रामिण क्षेत्रमा रहेर कलम चलाएको भन्दै संचारकर्मी तीर्थ तिम्सिना, रोसन भट्टराई र आयुस निरौला सम्मान गरिएको हो । उनीहरुलाई बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले सम्मान पत्र तथा दोसल्लाले सम्मान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी बिर्तामोड झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत संकलन भएको थियो ।

दारी ग्याङ झापाका सदस्य सन्दिप प्रसाईले स्वागत तथा ग्याङका उपसंयोजक गोकुल पौडेलले संचालन गरेको कार्यक्रममा सामाजिक व्यक्तित्व तिवारी प्रमुख अतिथि भुजेल लगायतले मन्तव्य राखेका थिए ।

दारी ग्याङ झापाको वार्षिक कार्यक्रम अन्तरगत रहेको रक्तदान कार्यक्रम गरिएको दारी ग्याङले जनाएको छ । यो सँगै दारी ग्याङले तीन पटक रक्तदानको कार्यक्रम आयोजना गरिसकेको छ । त्यस्तै यस ग्याङले सामाजिक संस्थाको रुपमा परिचित हुँदै मानविय सेवामा समर्पित रहँदै काम गर्दै आएको छ ।

दारी ग्याङ झापाको सह–संयोजक भुवन बुढाथोकीको अध्यक्षतामा तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्र्रेती, बुद्धआदर्श माविका अध्यक्ष मनोरथ तिवारी, उद्योग बाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाई, स्थानीय समाजसेवी संजील प्रसाई, मदन प्रसाई, राजु उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *