Sajhamanch Archive

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो थाहा पाउनुहोस्

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो ।

यसअघि मङ्गलबार सुनको मूल्य ७१ हजार पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । हिजो प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ८ सय ४० मा कारोबार भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *