Sajhamanch Archive

चिनियाँ राजदुतको नेपाली ट्वीट : मेरो मनमा नेपाल छ भन्दै यस्ता भावुक शब्द लेखिन्

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा आज जागिर लगायतका कुराका लागि नेपाली भन्दा अरु भाषामा दख्खल भएको हुनुपर्छ भनिन्छ । तर पछिल्लो समय नेपालका लागि विदेशी राजदूतहरु सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् ।

अमेरिकी दूतावास र राजदूतले लामो समयदेखि नेपाली भाषामा नै सामाजिक सञ्जाल चलाइरहेका छन् । नेपाली चाडपर्व, विशिष्ट व्यक्तिका जन्मदिन, मृत्युलगायतमा अमेरिकी दूतावास र राजदूतले टिप्पणी गर्दै आएका थिए ।

Ambassador Hou Yanqi@PRCAmbNepal

मेरो मनमा नेपाल ! नेपाल भ्रमण वर्ष २०२०को सफलताको शुभकामना !

यता नेपालका लागि चिनियाँ राजदूतावास र राजदूत पनि सामाजिक सञ्जालमा सक्रिय भएका छन् । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले पनि पछिल्लो समय नेपाली भाषामै ट्वीट गर्न थाल्नुभएको छ ।

उहाँले यसअघि चीनले नेपालमा बनाइरहेका आयोजनाको बारेमा पनि नेपाली भाषामै ट्वीट गर्नुभएको थियो । उहाँ केही महिना अगाडिबाट मात्रै ट्विटरमा सक्रिय हुनु भएको हो ।

बिहीबार राजदूत यान्छीले बौद्ध, वसन्तपुरलगायतका स्थानमा खिचिएका तस्बिर राख्दै ट्विटरमा राख्दै नेपालीमा लेख्नुभएको छ, ‘मेरो मनमा नेपाल !

नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना !’ यसले दुई देशबीचको सम्बन्धमा दिगोपन ल्याउने देखि नेपाली भाषाको विज्ञापन गर्ने कुरामा धेरैलाई विशवास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *