नेकपा झापाको पहिलो बैठक भदौ ७ गते
Published:
by .झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पहिलो पूर्ण बैठकको मिति तय गरिएको छ । जिल्ला कमिटी झापाको पहिलो बैठक यही भदौ ७ गते शनिबार दिउँसो ११ बजे बस्ने जनाइएको छ ।
जिल्ला इन्चार्ज र सह–इन्चार्जहरुको जिम्मेवारी तोकिसकेको जिल्ला कमिटीको बैठकले विभिन्न ४ वटा एजेण्डाहरुमा छलफल गरी निर्णयमा पुग्ने जिल्ला अध्यक्ष चिन्तन पाठकको भनाई छ ।
उनका अनुसार बैठकमा जिल्ला कार्यालय सचिवको टुंगो लगाउने, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र निर्वाचन क्षेत्र प्रदेश समन्वय कमिटी गठन गर्ने गरी बैठक बस्न लागेको हो ।
अध्यक्ष पाठकका अनुसार झापामा ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र १० वटा निर्वाचन क्षेत्र प्रदेश समन्वय कमिटी गठन गरिनेछ ।
यसैगरी बैठकले वार्षिक कार्ययोजना तय गर्नेछ । तिनै कार्ययोजनाका आधारमा जिल्लाभर पार्टी कार्यक्रमहरु सञ्चालन गर्ने र मातहत कमिटीलाई परिचालन तथा समन्वय गरिने छ ।
Comments