Sajhamanch Archive

शहिद धर्मभक्त माध्यमिक विद्यालयलाई १० लाख बराबरको सामाग्री प्रदान

Published: in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयलाई १० लाख बराबरको सामाग्री प्रदान भएको छ ।

विद्यालयकोे शैक्षिक तथा व्यवस्थापन सुधारका लागि स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम प्रादेशिक सहयोग ईकाई (एलजीसिडिपी) विराटनगरले साम्राग्री प्रदान गरेको हो ।

एलजीसिडिपीले विद्यालयलाई ल्याबटव, कम्प्युटर, फोटोकपि मेसिन, जेनेटर, क्यामरा, फर्निचर लगायत १० लाख रुपैया बराबरको सामाग्री प्रदान गरेको विध्यालय व्यवस्थापन समिति अध्यक्ष चक्रबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रादेशिक सहयोग ईकाईबाट प्राप्त सामानले विद्यालयको शैक्षिक तथा व्यवस्थापनमा सहयोग पुग्नुका साथै विद्यार्थीहरुलाई पठनपाठनमा थप सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक काजिमान पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *