जिप दुर्घटना हुँदा दैलेखमा सात जना घाइते
Published:
by .
दैलेख । दैलेखको महाबु गाउँपालिका वडा नं.२ मान्मामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
खरिगैराबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा चालक रमेश केसीसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
जिप सडकमा चिप्लिएर करिब १०० मिटर तल खसेको स्थानीयले बताए। गम्भीर घाइते चालक केसीसहित अन्य सबै घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
Comments