Sajhamanch Archive

नेपालगन्जमा गाई राजनीति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपालगन्जमा उपमहानगरपालिकाले वडा नं २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयकोको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् ।

उपमहानगरको मुख्य र भित्री सडकमा गरी झनै एक हजार पाँच सयको संख्यामा छाडा गाईवस्तु रहेको अनुमान गरिएको छ ।

भारतबाट भित्रीएका यस्ता गाईगोरु व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । घाँस र पानी नपाउँदा गाईबस्तु मर्ने क्रम पनि चलिरहेको छ । कान्जी हाउसका गाईबस्तुले उचित स्याहार नपाएको भन्दै अधिकारकर्मी तथा अभियन्ताले सामाजिक सञ्जालमार्फत उपमहानगरपालिकाको आलोचना गरिरहेका छन् ।

नेपालगन्जमा व्याप्त छाडा गाईबस्तु व्यवस्थापन र संरक्षणको चिन्ता सँगसँगै यो समस्यालाई राजनीतिक मुद्दा बनाउने प्रयास भइरहेको छ ।

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *