Sajhamanch Archive

नेकपा बैठक आइतवारसम्मका लागि स्थगित

Published: in राजनीति by .

काठमाडौं । विभागीय भागवण्ड सकेपछि बस्न लागेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतवारसम्मका लागि स्थगित भएको छ । जनवर्गीय र भातृसंगठनहरूको भागवण्डा नटुंगिएपछि शनिबारका लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो।

एकताको अन्तिम काम टुंग्याउन शनिबार ४ बजेका लागि सचिवालय बैठक डाकिएको थियो। तर तयारी नपुगेपछि बैठक भोलि मात्रै बस्ने टुंगो भएको पार्टीका महासचिव बिष्णु पौडेलले बताए। भोलि बस्ने बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने तयारी छ। बैठकमा प्रदेश कमिटीस्तरीय विशेष कमिटी गठनको एजेण्डा रहेको स्रोतले जनाएको छ ।

नेकपाले एकताका क्रममा हालसम्म जिम्मेवारी पाउन नसकेका केन्द्रीय सदस्यलाई जनसंगठन इञ्चार्ज र सहइञ्चार्ज बनाउने तयारी गरेको छ। भोली वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालको वरीयताबारे पनि कुरा हुने भएको छ।

शुक्रबारको बैठकमा नेता खनालले आफूले तीन नम्बरको वरीयता पाउनुपर्ने भनेपछि नयाँ विवाद सुरू भएको थियो। अहिले अध्यक्षद्वयपछि माधव नेपालको वरीयता रहेको छ। पार्टी एकताका क्रममा आफू चीन गएका बेला पार्टी बैठकबाट वरीयता घटाएको भन्दै खनालले आपत्ति जनाएका थिए। नेकपाले ३२ वटा विभाग र नीति अध्ययन प्रतिष्ठानको प्रमुख-उपप्रमुखमा चयन गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *