Sajhamanch Archive

पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थाल्यो :प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाण्डौमा आयोजना गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए ।

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको पनि स्पष्ट पारे ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उनले अहिले केही गर्न नसके इतिहासले धिक्कार्ने बताए । अध्यक्ष दाहालले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *