Sajhamanch Archive

एक वर्षमै ३ सय बढी निजामती कर्मचारीले बनाए जटिल बिरामी र कडा रोग लागेको सिफारिस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । एक वर्षमै ३ सय ३० जना निजामती कर्मचारीले आफूलाई जटिल बिरामी तथा कडा रोग लागेको मेडिकल बोर्डबाट सिफारिस बताएका छन् ।

समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन उनीहरुले बोर्डबाट कडा रोग लागेको सिफारिस गराएका हुन् । त्यस्तो सिफारिस ल्याउने कर्मचारीमध्ये अधिकांश स्वास्थ्य तथा प्रशासन सेवाका छन् ।

कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक बिरामी तथा कडा रोग लागेको भनी मेडिकल बोर्डबाट सिफारिस ल्याएका कर्मचारीलाई संघमा समायोजन गर्न सकिने व्यवस्था छ ।

उक्त व्यवस्थाको दुरुपयोग गर्दै स्थानीइ तहमा समायोजन भएका कर्मचारीहरुले पुल दरबन्दीमा आउन कडा रोग लागेको सिफारिस गराएका हुन् । नागरिक दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *