लागूऔषधसहित सिरहाबाट दुई युवक पक्राउ
Published:
by .
लहान । प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले गएराति जिल्लाको छुट्टाछुट्टै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागूऔषधसहित सिरहाको लहान नगरपालिका वडा नं.१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका वडा नं.१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट १५० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
Comments