सेती नदीमा नुहाउने क्रममा बालिकाको मृत्यु
Published:
by .
डोटी । सेती नदीमा नुहाउने क्रममा आज एक बालिकाको ज्यान गएको छ।
दिपायल सिलगढी नगरपालिका वडा नं.४ राजपुरकी ८ वर्षीय करिष्मा नेपाली दिपायल सिलगढी नगरपालिका वडा नं.३ वासुधारा नजिकबाट नुहाउने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। नुहाउने क्रममा बिहान १० बजेतिर बेपत्ता भएकी हुन्।
Comments