Sajhamanch Archive

बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो

Published: in राष्ट्रिय समाचार, समाज by .

जलेश्वर । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं.४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच/छ जना महिला मिलेर मानव मलमूत्र खुवाएका छन् ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नगरपालिका वडा नं.४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए ।

सो घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको पाइएकाले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।

घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगेका छन् भने अन्य महिलाको खोजबिन भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *