अरूण खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध
Published: (Updated: )
by .
नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिस्थित अरुणखोलको डाइभर्सन बाढीले बगाएको छ ।
अरूण खोलाको पुलमा ट्रकले हानेर भाँचिएपछि बनाइएको डाइभर्सन बाढीले बगाएपछि यातायात पूरै बन्द भएको हो। एकतर्फीरुपमा यातायात संचालन गर्न बनाएको डाइभर्सन बाढीसँगै बगेपछि यातायात पूर्णरुपमा रोकिएको हो। पुलको लक्षिणतर्फ खोलामा निर्माण गरिएको डाइभर्सन केहीबेरअघिको बाढीले बगाएको नवलपुर प्रहरीले जनाएको छ ।
डाइभर्सन बगाएपछि कुनै पनि सवारीसाधन संचालनमा आउन सकेका छैनन् । पुल मर्मत भइनसकेकाले तत्काल यातायात संचालनमा आउने सम्भावना छैन । खोलामा पुन: डाईभर्सन निर्माण नहुञ्जेल यातायात संचालनमा आउने छैनन्।
Comments