Sajhamanch Archive

उपचार गराउन फेरि सिंगापुर जाँदै प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं। साताअघि मात्रै उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आउँदो बिहीबार फलोअपका लागि पुनः सिंगापुर जाने भएका छन् । उनी साउन १८ गते सिंगापुर गई २७ गते फर्किएका थिए ।
चिकित्सकले केही दिन थप बस्न आग्रह गरेपनि प्रधानमन्त्री भएकाले गर्नुपर्ने काम धेरै रहने भन्दै उनी स्वदेश फर्किन चाहेपछि तीन साताभित्र पुनः फलोअपका लागि आउन सल्लाह दिएको स्रोतले जनाएको छ ।
स्रोतले चिकित्सकको सल्लाहमै प्रम सिंगापुर जान लागेको र त्यहाँ कति दिन बस्ने भन्नेमा टुंगो नलागेको जनाएको छ । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *