Sajhamanch Archive

भोटेकोशीको बाढीले पुल बगायो, नदी छेउका बस्तीमा त्रास

Published: in राष्ट्रिय समाचार by .

रसुवा । रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरेलगायत त्रिशुली नदी छेउका बस्तीहरुको जनजीवन प्रभावित हुनुका साथै त्रास बढेको छ ।

चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरेलगायत त्रिशुली नदीका छेउका बस्तीको जनजीवन तनाबग्रस्त बनाएको हो ।

राति नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साइरन बजाएको थियो ।
रसुवा भन्सार याडमा भन्सार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राति नै सारिएको छ ।

जिल्लाको उत्तरगया गाँउपालिका–१ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भूकम्पबाट बिस्थापित भएका बासिन्दा समेत समयमै सूचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज पुल बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रजिअ भण्डारीले बताए ।

उता रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् । भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *