शिक्षक नियुक्तिको माग गर्दै नेपाल विद्याथी संघले गाउँपालिकामा ज्ञापन पत्र बुझायो
Published: (Updated: )
by .
कमल । झापाको कमल गाउँपालिका स्थित एक सामुदायिक विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाई भएको भन्दै नेपाल विद्यार्थी संघले कमल गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
कमल गाउँपालिकाको वडा नम्बर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयमा २०७५ साल चैत ४ गतेदेखि विज्ञान विषय पढाउने शिक्षक भिमप्रसाद खनाल सेवा निवृत भएपछि पठन पाठनमा समस्या आएको छ । लामो समयसम्म शिक्षक नियुक्ति नहुँदा विद्यार्थीको भविष्य अन्धकार भएपछि चाडो शिक्षक नियुक्तीको माग गरी गाउँपालिकामा ज्ञानपत्र बुझाएको नेपाल विद्यार्थी संघ कमलका सभापति जितेन साम्पाङ्गले जानकारी दिए ।
शिक्षक नियुक्तिको माग गर्दै विद्यार्थी संघले कमल गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकाल ज्ञापन पत्र बुझाएको हो । सो विद्यालयमा शिक्षक नियुक्ति नहुँदा आजसम्म विज्ञान विषयको पढाई हुन नसकेको सभापति साम्पाङ्गको भनाई छ । संघले विद्यायलय व्यवस्थापन समिति अध्यक्ष खगेन भण्डारी, विद्यालयका प्राधानाध्यापक प्रसाई पनि ज्ञानप पत्र बुझाएको छ ।
शिक्षक नियुक्तिका लागी शिक्षा विकास समन्वय समिति झापामा करारमा शिक्षक नियुक्तिका लागी समर्थनका लागी पटक–पटक अनुरोध गर्दापनि समर्थन नपाएर शिक्षक नियुक्ति गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन भण्डारीले जानकारी दिए ।
शिक्षा सेवा आयोग उत्तीर्ण गरेका शिक्षकको नामावली विभागमा पठाई सकेको तर विभागले हालसम्म त्यो नामावली जिल्लामा नपठाएका कारण दरवन्दी खाली भएका विद्यालयमा शिक्षक पठाउन नसकेको शिक्षा तथा समन्वय ईकाई झापाका सिकाई प्रमुख जयप्रसाद महतले जानकारी दिए । उनका अनुसार विभागबाट नामवली प्राप्त हुनासाथ कुन विद्यालयमा कुन शिक्षकको आवश्यकता छ सोही अनुसार शिक्षक पठाइने छ ।
विद्यालयमा शिक्षक खाली भएको जानकारी पाउनसाथ तुरुन्त अर्को शिक्षक नियुक्तिका लागी विद्यालय व्यवस्थापन समितीलाई निर्देशन गरेका थियौं तर अहिलेसम्म भएको रहेन छ के कारणले नभएको हो गाउँपालिकाले यस विषयमामा तुरुन्त बुझेर प्रकृया अगाडी बढाउने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले बताए । उनले एक हप्ता भित्रमा शिक्षक नियुक्ति हुने समेत जानकारी दिए ।
Comments