Sajhamanch Archive

१६ लाख लुटिएको भन्दै गुहार्ने नै पक्राउ परेपछि

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । राजधानीको न्यूरोडबाट १६ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीमा उजुरी दिनै नै पक्राउ गरेका छन्।

अज्ञात व्यक्तिले १६ लाख रुपैयाँ लुटेको कपोकल्पित घटना बनाई नगद लुकाएको अभियोगमा प्रहरीले डल्लु बस्ने भारतको विहारका २२ वर्षीय मनोज कुमार साहलाई पक्राउ गरेको हो। साहले काठमाडौं महानगरपालिका २२ पाको न्यूरोडमा माक्स लगाएका २ जनाले मोटरसाइकलमा आएर  नगद १६ लाख लुटी लगेको खबर महानगरीय प्रहरी परिसरमा दिएका थिए।

तत्काल परिसरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा त्यस्तो कुनै घटना नभएको पुष्टि भएको थियो। अनुसन्धानका क्रममा साहले नै रकम लुकाएको तथ्य प्रहरीले फेला पारेको थियो।  साहमाथि अनुसन्धान गर्दा उनले गोयल कम्पनीमा तीन महिनादेखि रकम लिएर कम्पनीको खातामा रकम जम्मा गर्दै आइरहेका थिए।

ठगी गर्ने नियतले उक्त रकम बैंकमा जम्मा नगरी आफैंले राख्न खोजेको खुल्न आएको परिसरले जनाएको छ ।  प्रहरीले साहको कोठाबाट उक्त नगद बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *