Sajhamanch Archive

होटल हिकोला हेरिटेज पाँचौ वर्षमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोडस्थित होटल हिकोला हेरिटेज चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई मध्यनजर गर्दै २०७२ साल भदौ ४ गते होटल स्थापना गरी सफलतापूर्वक पाँचौ वर्षमा प्रवेश गरेको आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

होटलका अध्यक्ष तथा प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठले पर्यटन उद्योगको रुपमा २०४२ सालमा हिकोला कलर ल्यावबाट सुरु गरेको आफ्नो व्यवसाय अनुपमा ट्राभल्स हुँदै होटल व्यवसायसम्म आइपुगेको बताए ।

होटलले आफ्नो पहिलो शाखा काँकडभिट्टामा स्थापना गरी उच्चस्तरीय २१ वटा डिलक्स रुम साथसाथै ज्याकुजीसहित भीआइपी स्पा सुविधा सम्पन्न होटल बिजयादशमीको अवसर परेर प्रारम्भ गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए ।

होटलमा विशिष्ट व्यक्तिहरुको साथसाथै भारत, बङगलादेश श्रीलंका, अस्ट्रेलिया लगायत विभिन्न देशहरुबाट समेत पर्यटकहरु आउने गरेका छन् । होटेलमा कन्टिनेन्टल , चाइनिज , थकाली खाना लगायत हेरिटेज ब्युटी सैलुन  (युनिसेक्स )साथसाथै स्पा र ज्याकुजीसहितको ब्युटी सैलुन सञ्चालनमा रहेको छ ।

होटलले वार्षिक उत्सवको अवसरमा आगामी भदौ ६ गते  कलाकार कर्ण दास र मिरा राणाको साङगीतिक प्रस्तुती हुने पत्रकार सम्मेलन जानकारी दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *