Sajhamanch Archive

क्याम्पा बजारका अव्यवस्थित बस्तीलाई व्यवस्थित गरिदै

Published: in राष्ट्रिय समाचार by .

कमल । निर्माणाधिन मंगलवारे क्याम्पा हुँदै शिवगञ्जसम्म जोड्ने सडक अन्तरगत कमल खोलाको पुल छेउ बजार क्षेत्रमा पर्ने बस्तीलाई मंगलबार अन्य खाली जग्गामा सारेर व्यवस्थित गरिएको छ ।

पुल निर्माणसँगै पुलको पश्चिमतर्फ कमल गाउँपालिका वडा नम्वर २ क्याम्पा बजारमा पर्ने १० परिवारलाई प्रभावित क्षेत्रबाट हटाई नजिकै रहेको खाली जमिनमा सारिएको हो । उनीहरुलाई प्रति परिवार साडे ६ धुर जमिन उपलब्ध गराइएको कमल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तारानाथ न्यौपानेले जानकारी दिए ।

बजारभित्र थोरै जमिनमा अब्यस्थित बसोवास गरिरहेका परिवारलाई खोलाले छाडेको जमिनमा सबैको पहलमा व्यवस्थित बसोवास गराउन लागीपरेको क्याम्पा वजार टोलविकास सस्थाका अध्यक्ष हरिकुमार पराजुलीले बताए ।

वडा कार्यालय, बजार समिति र टोल विकास सस्थाको संयुक्त पहलमा सडक निर्माणका क्रममा प्रभावित क्षेत्रमा पर्ने परिवारलाई व्यवस्थित गराएकोमा स्थानिय बासी खुसीले व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *