Sajhamanch Archive

जिपको ठक्करबाट साइकल यात्रीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

चितवन ।  जिपको ठक्करबाट चितवनमा एक पुरषको मृत्यु भएको छ। करिब ३५ वर्षीय पुरुषको सनाखत हुने नसकेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

हेटौडाबाट नारायणगढतर्फ जाँदै गरेको बा १८ च ९८९६ नम्बरको जिपले विपरीत दिशाबाट गइरहेको साइकल यात्रीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकमा ठक्कर दिएको थियो।

ठक्करबाट घाइते साइकलयात्रीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *