Sajhamanch Archive

जागरण अभियान अघि नेविसंघ गठन गर्ने तयारीमा कांग्रेस

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विदार्थी संघ (नेविसंघ) ले झण्डै छ महिनापछि केन्द्रीय कार्यसमिति पाउने भएको छ ।

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अगाडि नेविसंघको केन्द्रीय कार्यसमिति गठन गर्ने तयारी गरेको छ ।

“भदौ २४ गतेबाट पार्टीले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ,” नेविसंघ निर्देशक समितिका सदस्यसमेत रहेका कांग्रेस नेता एनपी साउदले भने, “त्यसअघि नेविसंघको केन्द्रीय कार्यसमिति गठन हुन्छ ।”

गत भदौ २ गते दुई वर्षिय कार्यकाल समाप्त भएपछि विधानतः नेविसंघको कार्यकाल तीन महिना थप भएको थियो । उक्त समयावधिमा पनि महाधिवेशन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते कांग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गतेसम्मका लागि थप गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *