करेन्ट लागेर मजदुरको ज्यान गयो
Published:
by .म्याग्दी । बेनीसँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नं.३ पारीबेनीमा आज दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ।
केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं.३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको पारीबेनी प्रहरी चौकीले जनाएको छ।
चौकीका प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर बोहोराले घर निर्माणका क्रममा फलामको पोल ठडाउने क्रममा हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको जानकारी दिए। घटनास्थलबाट बेनी अस्पताल पुर्याउँदा सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
Comments