Sajhamanch Archive

जिप दुर्घटना हुँदा अछाममा तीन जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका वडा नं ४ का अशोक परियारको मृत्यु भएको थियो भने उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नं ४ कै काले परियार र बैतडी  घर भइ हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका वडा नं.४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जँङिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन्। उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *