Sajhamanch Archive

घर भत्किएर पुरिँदा पर्वतमा एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

पर्वतको कुस्मा नगरपालिका-२ खुर्कोटमा घर भत्किँदा बुधबार राती एक जनाको ज्यान गएको छ।

घरमा सुतिरहेको अवस्थामा स्थानिय ७० बर्षिय रेमबहादुर चालिसेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी, प्रहरी निरीक्षक राजन रायमाझीले बताए।

घरमाथि रहेको सडकको नालीमा आएको पानी खेतमा सिँचाइका लागि लगाइएको थियो । त्यही पानीका कारण खेतबाट आएको पहिरोले घर भत्काउँदा सुतिरहेका चालिसेको ज्यान गएको स्थानीय गुप्तनीधि शर्माले जानकारी दिए।

प्रहरी निरीक्षक रायमाझीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक श्यामु अर्यालको कमाण्डमा गएको टोलीले बिहीबार बिहान एक्साभेटरको सहायताले चालिसेको शव बाहिर निकालेको हो।  घरमा श्रीमान् श्रीमती बस्दै आएका थिए। श्रीमती भने छोरीको घरमा बस्न गएकाले घटनामा जोगिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *