Sajhamanch Archive

अर्बौ भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । अर्बौ भ्रष्टाचार गरेको आरोपमा भारतका पूर्वगृहमन्त्री तथा अर्थमन्त्री पी चिदम्बरमलाई पक्राउ गरिएको छ । भ्रष्टाचार आरोपमा केन्द्रीय जाँच एजेन्सी(सीबीआइ)ले बुधबार राति गिरफ्तार गरेको हो । उनलाई आज विशेष अदालतमा पेश गरिने भएको छ । उच्च अदालतले उनलाई अग्रिम जमानत दिन इन्कार गरेपछि गिरफतार गर्ने अवस्था उत्पन्न भएको हो ।

उनले बुधबार साँझ स्थानीय समयअनुसार सवा ८ बजे पत्रकार सम्मेलन गरेर आफू माथि लागेको आरोपको खण्डन गरेका थिए । उनलाई बुधबार राति सीबीआइले गिरफतार गरेर आफ्नो मुख्यालयमा लगेको थियो । सीबीआइले उनका छोरा कार्ति चिदम्बरमलाई पनि सोधपुछ गर्न सक्ने जनाइएको छ । उनी अहिले भारतको राज्य सभाका सांसद पनि हुन् ।

उनलाई आइएनएक्स मिडिया मामिलामा अभियुक्त बनाइएको छ । उनीमाथि आइएनएक्स कम्पनीलाई अवैधानिक तरिकाले विदेशमा लगानी गर्न दिएको भनिएको छ । उनले आफु अर्थमन्त्री भएको बेला कमिसन खाएर आईएनएक्सलाई २००७ मा ३०५ करोड विदेशमा लगानी गर्न अनुमति दिएको आरोप लगाइएको छ ।

जुन कम्पनी फाइदमा गयो उक्र कम्पनी चिदम्बरमका छोरा सांसद छोरा कार्तिले चलाउँदै आएका थिए । सीबीआई मे १५ २०१७ मा जाहेरी दर्ता गराएको थियो । सन २०१८ मा पनि ईडीले पनि मनी लन्ड्रिगको आरोपमा मुद्धा दायर गराएको थियो । एयरसेल–मैक्सिस डीलमा पनि उनलाई आरोपी बनाइएको छ ।

यसमा सीबीआईले २०१७ मा नै एफआईआर दर्ता गराएको थियो । दिल्ली उच्च अदालतले प्रमाणहरु पुग्ने वित्तिकै आईएनएक्स मीडिया घोटाला काण्डमा चिदम्बरलाई मुख्य आरोपी मानेको थियो । प्रमाणहरु जुटेपछि अदालतले छानविन आवश्यक भएको ठहर गरेको हो । अदालतले यसलाई मनी लन्ड्रिगको रुपमा लिएको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *