Sajhamanch Archive

राष्ट्रपतिलाई भेटे भारतीय विदेशमन्त्रीले

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् ।

नेपाल—भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको पनि दर्शन गरेका थिए ।

आयोगको बैठक हिजो राति सम्पन्न भएको थियो । उनी आजै स्वदेश फर्किदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *