Sajhamanch Archive

ट्रकको ठक्करबाट चितवनमा एक जनाको ज्यान

Published: in राष्ट्रिय समाचार, समाज by .

भरतपुर । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका वडा नं.४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ ।

नारायणढबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर ३–००–२०० नम्बरको मोटरसाइकललाई इच्छाकामना गाउँपालिका वडा नं.३ चुम्लिङटारमा हिजो राति ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल पछाडि बसेका प्रजाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते मोटरसाइकल चालक इच्छाकामना वडा नं.४ कै २१ वर्षीय लोकेन्द्र प्रजाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *