करेन्ट लागेर झापामा एक जनाको ज्यान गयो
Published: (Updated: )
by .
शिवसताक्षी । बिजुलीको करेन्ट लागेर झापामा बुधवार बेलुका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.८ स्थित दाहाल चोक बस्ने ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको प्रहरी कार्यालय कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा दर्जीलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
Comments