एक महिनामा १०६ जनामा डेङ्गुको संक्रमण
Published:
by .चितवन । चितवनमा साउन महिना भरिमा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा सङ्क्रमित भेटिएको हो ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् ।
सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ । महानगरका १, २, ३, ४, १० नं वडा डेङ्गुको उच्च जोखिममा रहेको किट नियन्त्रक केसीले बताए । यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन् । ती स्थानमा बढी डेङ्गुको जोखिम देखिएको कार्यालयका प्रमुख दीपक तिवारीले बताए ।
Comments