सत्तारुढ दलको सिटमा आए बाबुराम भट्टराई
Published:
by .काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आजदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहित निर्वाचन आयोगबाट आएको पत्र आज प्रतिनिधिसभामा प्राप्त भएको भन्दै सभामुख कृष्णबहादुर महराले बाचन गरेर सुनाएका थिए ।
यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेकाले उनी स्वतन्त्र सांसदको हैसियतमा थिए । तर पार्टी एकतापछि उनी सत्तारुढ दलको सांसद बनेका छन् ।
Comments