Sajhamanch Archive

खुदुनाबारीमा लायन्स क्लब अफ बिर्तामोड सिटीको रचनात्मक कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज by .

अर्जुनधारा । सामाजिक कार्यमा अग्रसर रहँदै आएको लायन्स क्लब अफ बिर्तामोड सिटीले बिहीबार एक विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।

झापाको दुर्गम क्षेत्र अर्जुनधारा १ मा रहेको भिमले आधारभूत विद्यालयका विद्यार्थीलाई क्लबले शैक्षिक सामग्री प्रदान गरेको हो । क्लबका अध्यक्ष नीरज ओलीका अनुसार विकट क्षेत्रको सो विद्यालयका ७० जना विद्यार्थीलाई कापी तथा डटपेन वितरण गरिएको छ । क्लबले एक हजार थान कापी र डटपेन दिएको छ । क्लबले पानी चिसो भइरहने चार थान पिउने पानीको जारसमेत प्रदान गरेको छ ।

क्लबकै संयोजनमा दृष्टि आँखा अस्पतालको तर्फबाट निःशुल्क आँखा तथा कान परीक्षण गरिएको थिया । दुईजना चिकित्सक र प्राविधिकसहितको टोलीले सोही विद्यालयका विद्यार्थी र स्थानीयको आँखा र कानको जाँच गरेको क्लबका प्रवक्ता हिमाल खरेलले जानकारी दिए । स्वास्थ्य शिविरबाट एक सयजनाले आफ्नो आँखा र कानको परीक्षण गरेक थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा १ का वडाध्यक्ष गजाधर खतिवडा, क्लबका अध्यक्ष ओली, रिजलन अफिसर सत्यनारायण शर्मा, जोन चियरपर्सन ओमकृष्ण बिमलीलगायतले शिविरको आवश्यकताका बारेमा बोलेका थिए ।

प्रधानाध्यापक डम्बर प्याकुरेलले क्लबले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *