पार्किङमा रोकिराखेको कन्टेनरमा आगलागी
Published:
by .
रसुवा । रसुवागढीमा पार्किङमा रोकिराखेको खाली कन्टेनरमा आज बिहान आगलागी भएको छ । पार्किङमा रहेको ना ३ ख ४८७३ नम्बरको कन्टेनरमा अचानक आगो लागेको प्रहरीले जनाएको छ ।
कन्टेनरमा अचानक आगो लागेपछि त्यहाँ रहेका अन्य कन्टेनर हटाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
आज बिहान ९ बजेर ५० मिनेटमा कन्टेनरमा आगो लागेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
Comments