Sajhamanch Archive

भाइरल ज्वोरो के हो ? के गर्ने, के नगर्ने

Published: in रोचक कुरा / टिप्स by .

मौसम परिवर्तनका कारण स्वास्थ्यमा छिट्टो असर गर्छ । मौसम परिवर्तनका क्रममा धेरै जसो मानिसहरुलाई ज्वोरो, रुघाखोकीले निकै सताउने गर्छ । भाइरल ज्वोरोलाई मौसमी रुघा र ज्वरो तथा इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । एकैपटक धेरै समुहका मानिसहरुलाई सर्ने हुँदा यसलाई भाइरल ज्वरो भनिएको हो ।

स्कुलका बिद्यार्थी, अफिसमा काम गर्नेहरु, तथा धेरै समूहमा बसेर काम गर्ने व्यक्तिहरुलाई यो रोगले छिट्टै समात्ने गर्छ ।

एक्कासी १०० डिग्री भन्दा धेरै ज्वरो बढ्ने र कम हुने, चिसो महशुस हुनु, शरीर काप्न थाल्ने, हल्का खोकी लाग्ने, शरिर दुख्ने, हात खुट्टा तथा जोर्नी दुख्ने, अनुहार सुन्निनु र छाला रातो भई फोका आउने, घाटी दुख्ने, वाँकवाँकी लाग्ने, शरीरको उर्जा सकेर कम्जोर महशुस हुनु, आँखा रातो हुने लक्षनहरु देखा पर्न सक्छ । यस्ता लक्षण देखिएपछि आफु खुसी औषधिको सेवन नगरी डाक्टरको सल्लाह लिइ उपचार गर्नुपर्छ ।

भाइरल ज्वरोबाट पीडित व्यक्तिहरुले धैर्य गर्नुपर्छ, साबुन पानीले नियमित रुपमा दैनिक तीन चार पटक हात धुएर, व्यक्तिगत सरसफाईको बारेमा विशेष ध्यान दिनुपर्छ ।

भाइरल जोरो ले सताएमा घरमै बसेर आराम गर्नु पर्छ । घर बसेर आराम गर्द शरीरमा ऊर्जा थपिनुका साथै रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नुका साथै संक्रमितबाट अरुलाई सार्ने वा प्रकोप हुने सम्भावना कम हुन्छ ।

जोरो आएमा, चिसो महशुस गरेमा , खोकी लागेमा भिड भाडमा जानु हुदैन । खोक्दा, हाच्छ्यु गर्दा वा हाई गर्दै सधै रुमालको प्रयोग गर्नु पर्छ । यसका साथै दैनिक झोलिलो खानेकुरा खाने गर्नु पर्छ । झोल भएको खानेकुराले शरीरलाई डिहाइड्रेसन हुनबाट जोगाउनुका साथै रोग प्रतिरोधी क्षमता पनि वृद्धी गराएर रोगसँग लड्ने शक्ति दिन्छ ।

पानी आवश्यकता अनुसार पिए पनि झोलिलो सुप, दाल, जुसहरुको सेवन गर्द शरीरमा अझ उर्जा आउनुका साथै छिटो स्वास्थ्यमा सुधार आउछ । भाइरल ज्वरोको सिजनमा चाहिने अति आवश्यक औषधीहरु डाक्टरको परामर्श लिएर आफूसँग राख्ने गर्नु पर्छ । खासगरी भौगोलिक विकट स्थानमा स्वस्थ्यचौकी टाढा हुने र स्वास्थ्यकर्मी पनि चाहेको समयमा पुग्न गाह्रो हुने भएकाले सामान्य औषधि आफूसँगै राख्नु आवश्यक देखिन्छ ।

लसुन, सुन्तला, मह, अदुवामा भाइरस विरुद्धको गुण हुने भएको र यसको प्रयोगले छिटो स्वास्थ्यमा लाभ हुने छ । भाइरल जोरो आएमा आफूखुसी एन्टिबायोटिकको प्रयोग हने गर्नु हुँदैन । यसले स्वास्थ्यमा अझ नकारात्मक असर पुर्याउने गर्छ । संक्रमण भएको अवस्थामा सकेसम्म घरबाट निस्किनु हुदैन । आफूले प्रयोग गर्ने समानहरु अरुलाई प्रयोग गर्न दिनु हुदैन, हात पनि मिलाउनु हुँदैन र आफू संक्रमित भएको भए अरुसँग एक मिटर दुरी कायम गरेर मात्र कुराकानी गर्ने गर्नु पर्छ ।

यस्तो बेलामा एकदम जाडो भएर जिउ काप्ने भएकोले शरीर कसिने गरी गह्रुंगा लुगा नलगाई कोठाका झ्यालढोका पूर्ण रुपमा बन्द गर्नु हुँदैन । भाइरल ज्वरो संक्रमणका करणले हुने भएकाले धामी, झाँक्री वा झारफुक गर्न तिर नलागी अस्पताल गइ डाक्टर को परामर्श लिएर उपचार गराउनु आवश्यक हुन्छ नत्र यसले श्वासप्रश्वास सम्बन्धी रोगहरु निम्तिन सक्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *