Sajhamanch Archive

स्याङ्जामा माछा मार्ने क्रममा दुई जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

स्याङ्जा । स्याङ्जाको विभिन्न स्थानमा माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको छ ।

माछा मार्ने क्रममा ज्यान जानेमा फेदीखोला गाउँपालिका वडा नं.२ कुखुरे खोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका वडा नं.१० राङखोला बस्ने ४२ वर्षीय मनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लिएर ज्यान गएको र थापाको माछा मारेर खोला तर्ने क्रममा खोलाले बगाउँदा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए।

मृतक खड्का र थापाको पोस्टमर्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

खड्काको घर अगाडि रहेको कुखुरे खोलामा र थापाको पुतलीबजार नगरपालिका वडा नं.११ र १३ को सिमानामा रहेको गैरिजागरस्थित आँधीखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *