Sajhamanch Archive

जंगलमा वृद्धको शव

Published: in राष्ट्रिय समाचार, समाज by .

उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.८ कात्तिकेका ६० बर्षीय किताबसिंह राई मृत अवस्थामा भेटिएका छन । घर नजिकै रहेको रहको कात्तिके जंगलमा उनी मृत अवस्थामा फेला परेका हुन ।

बिहीबार दिउँसो साढे १ बजे राई गाई–बाख्रा चराउन घर नजिकै रहेको कात्तिके जंगलमा गएका थिए । राति अबेर सम्म पनि घर नफर्किएपछि खोजी गर्दा राति १२ बजे घरदेखि दुई किलोमिटर टाँढा रहेको कात्तिके जंगलमा शव भेटिएको हो ।

जंगलमा सालको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *