भद्रपुरमा मकैको परिकारको उत्पादन सुरु
Published:
by .
भद्रपुर । भद्रपुरमा महिला उद्यमी शर्मिला अधिकारीको नेतृत्वमा मकैको परिकार उत्पादन उद्योग सुरू भएको छ ।
नेपाली मैलिक उत्पादनका रूपमा पप क्रो नाम दिइएको फूल मकैको परिकार उत्पादन सुरू गरिएको हो । अत्याधुनिक प्रविधिबाट उत्पादन हुने सो परिकार उद्योगमा ७० लाख लगानी गरिएको जनाइएको छ । समृद्ध भद्रपुर नगरका लागि सो उद्योग पनि सहयोगी हुने विश्वास लिएर खोलिएको लगानी कर्ताको भनाइ छ ।
सञ्चालक शर्मिला अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उद्योगको औपचारिक उद्घाटन समेत गरिएको छ । नेपाल तथा छिमेकी भारत समेतका लागि बजारीकरणको लक्ष्य बोकेको उद्योगमा आधादर्जन बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने छन् । उद्घाटन कार्यक्रममा उद्योगी केशवराज पाण्डे, सामाजिक अभियान्ता राधा कार्की लगायतले शुभकामना मन्तव्य राख्दै महिला सवलीकरण तथा स्वदेशी उत्पादनका लागि सो उद्योग महत्वपूर्ण रहेको धारणा राखेका थिए ।
Comments