राजस्व वृद्धिदर बढी देखाउने आधार घटाइयो
Published:
by .राजस्व वृद्धिदर उच्च देखाउन अर्थ मन्त्रालयले २०७४र७५को राजस्वको आधार नै घटाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०७४र७५ मा ७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको देखाइएको छ ।
राजस्व संकलनको आधार नै घटाइएकाले २०७५र७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२।६१ प्रतिशतको वृद्धिदर हुन आउँछ ।
आव २०७४र७५ समाप्त भएसँगै ७ खर्ब ३२ अर्ब २३ कारेड रुपैयाँ राजस्व संकलन भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको थियो । अहिले वार्षिक तथ्यांकको तुलना गर्दा २०७४÷७५ को राजस्वको वृद्धिदर उच्च देखाउन खोजिएको छ । २०७४र७५ को राजस्व लक्ष्यको प्राविधिक रुपमले पुगेको महालेखा नियन्त्रक कार्यालयले देखाएको छ ।
अन्नपूर्ण पोष्टबाट ।
Comments