चट्याङ लागेर बालिकाको ज्यान गयो
Published:
by .
बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं.१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताए । लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको हो ।
मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ । मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन् । चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
Comments