खोलाले बगाएर महिलाको ज्यान गयो
Published:
by .
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नंं.९ ज्यामिरेमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ।
खोलाले बगाएर मृत्यु हुनेमा सोही ठाउँकी ५५ वर्षीया दुर्गादेवी खड्का रहेको प्रहरीले जनाएको छ।
खेत गोडेर घर फर्कने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।
Comments