Sajhamanch Archive

दिपेन्द्र आधारभूत विद्यालयको वार्षिकोत्सवमा तीन जना अभिनन्दित, सयबढी सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । शिवसताक्षी न.पा. १० टेक्रा स्थित दिपेन्द्र आधारभूत विद्यालयले विद्यालय स्थापना कालदेखि हालसम्म योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

शनिबार विद्यालयको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विभिन्न विधामा सहयोग गर्ने दाताहरुलाई अभिनन्दन पत्र, प्रशंसा पत्र, कदर पत्र र सम्मान पत्र प्रदान गरेको हो ।

विद्यालय स्थापनाकालमा जग्गा दान दिने टेकनाथ ढकाल, नारायण प्रसाद पोख्रेल, इश्वर प्रसाद न्यौपानेलाई अभिनन्दन गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम न्यौपानेले जानकारी दिए । त्यस्तै विद्यालयलाई थप जग्गा निशुल्क प्रदान गर्ने रुद्र चिमोरिया, माधव प्रसाद पोखरेललाई कदर प्रत्र प्रदान गरिएको थियो । विद्यालय सञ्चालनमा योगदान दिने मातृका प्रसाद ढकाल, हरिप्रसाद पोखरेल, लीलाराज झापाली, हिम्मत नेम्वाङ्ग लगायत ८ जनालाई विद्यालयले सम्मान गरेको छ । त्यसैगरी कार्यक्रममा विद्यालयलाई लामो समयसम्म सहयोग प्रदान गर्ने मोहनप्रसाद सुवेदी, पुष्प पाण्डे, नारायण प्रसाद ढकाल, खिनामाय पोखरेल, राधेश्याम अग्रवाल लगायत १०१ जनालाई व्यक्ति वा संस्थालाई प्रशंसा–प्रत्र प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमारसिंह साँवाले जानकारी दिए । उनीहरुलाई प्रतिनिधिसभा संसाद एलपी साँवा लिम्बुले प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद साँवाले स्वस्थ्य र शिक्षाको बिकास नभएसम्म देश समृद्धितर्फ अघि नबढ्ने भएकोले यसतर्फ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार लागी परेको बताए । उनले आफ्नो निर्बाचन क्षेत्रमा रहेका बिद्यालयको स्तरोन्तीको लागी आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयको प्रतिवेदन विद्यालयका प्र.अ. सिताराम न्यौपानेले प्रस्तुत गरेका थिए भने, प्रदेशसभा संसाद, हिरा थापा, पूर्व संसाद तारासम यङ्याले शुभकामना मतव्य राखेका थिए । कार्यक्रमा शिवसताक्षी नगरपालिका वडा नं. १०का वडाध्यक्ष कर्णबहादुर थापा, भानु माध्यमिक विद्यालयका प्र.अ. डामकुमार कुँवर लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *