Sajhamanch Archive

मेचीनगरमा खानेपानी गुणस्तर सम्बन्धि अभिमुखीकरण

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । झापाको मेचीनगरमा शनिबार खानेपानी गुणस्तर सम्बन्धि एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

पिउने पानीका कारण लाग्ने विभिन्न रोगको संक्रमणबाट बच्ने उपायका वारेमा जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको थियो । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अन्तर्गतको पानी सुरक्षा समितिले आयोजना गरेको तालिममा पानी परीक्षण प्रयोगशालका इटहरीका प्रमुख रमेशकुमार यादवले सहजिकरण गरेका थिए ।

उनले शुद्घ र सफा पानी पिउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउदैं पानी दुषित हुने कारण, त्यसबाट लाग्ने रोग बेलैमा कसरी सतर्कता अप्नाउन सकिन्छ, कसरी शुद्घ र सफा पानी उत्पादन गर्न सकिन्छलगायतका विषयमा सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

उनले पानीका कारण धेरै प्रकारका रोग लाग्ने भएकाले यदि हरेकले शुद्घ र सफा पानी पिउने हो भने धेरै रोग्बाट बच्न सकिने जानकारी दिए । समय समयमा पानी परीक्षण र शुद्घिकरण गर्नुपर्नेमा उनको जोड थियो । समाजसेवी कृष्णप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष हर्कबहादुर फियाक लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा साहारा नेपालका कार्यक्रम संयोजक दीपेश ओली, नेकपाका झापा जिल्ला कमिटि सदस्य देवकुमार राई, राप्रपाका सुशील आचार्य, संस्थाका पूर्व अध्यक्ष सुर्यप्रकाश उप्रेती, संस्थाका लेखा समिति सदस्य नारायणबहादुर बस्नेत, वातावरण समिति सदस्य पारस सुवेदी, क्षेत्रगत समितिकातर्फबाट डम्बरबहादुर पुरीलगायतले खानेपानीका विषयमा आ आफ्नो धारणा राखेका थिए ।

संस्थाका लेखापाल केशवप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई सचिव राजकुमार पराजुलीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *