विमानभित्र काण्ड मच्चाउने अध्यक्ष भट्ट र न्यौपानेलाई विमानस्थलबाट निकाला
Published:
by .
काठमाण्डौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई अत्यधिक रक्सी खाएर होहल्ला गरेपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ ।
सिल्क एयरबाट सिङ्गापुर जान लागेका भवन भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपाने अत्यधिक रक्सी सेवन गरी जहाजभित्र पनि अभद्र ब्यबहार गरेका थिए । उनीहरूको हर्कत देखेपछि प्रहरीले भट्ट र न्यौपानेलाई फिर्ता पठाइदिएको स्रोतले जनाएको छ ।
सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनीहरूलाई विमानभित्र बसिसकेको अवस्थामा फर्काइएको थियो ।
एनआरएनए अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपानेलाई अधिक रक्सी सेवन गरिएको भन्दै सबै प्रक्रिया पूरा गरी विमानमा बसिसकेको अवस्थाबाट फर्काइएको विमानस्थल प्रहरीले बताएको छ ।
उनीहरूले रक्सी सेवन गरी अभद्र व्यवहार गरेपछि एयरलाइन्सले उनीहरूसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको स्रोतको दाबी छ ।
घटनापछि अध्यक्ष भट्ट र न्यौपानेले आफूहरूले रक्सी सेवन गरेको स्वीकार गरेका छन् ।
Comments