बाघको आक्रमणबाट वृद्धको ज्यान गयो
Published:
by .
बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जबाट निस्केको बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
आज बिहान ठाकुरबाबा नगरपालिका वडा नं.१ खानेपानी टोल भुरीगाउँमा ७० वर्षीय पहरिया तारुको बाघको आक्रमणबाट मृत्यु भएको बिर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।
घरमा पालेको संगुरलाई आहारा दिने बेला बिहान करिब ७ बजे बाघले आक्रमण गरेको हो बास्तोलाले जानकारी दिए।
Comments