Sajhamanch Archive

पोडी खेल्ने क्रममा बालकको डुबेर ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

उदयपुर । उदयपुर कटारीमा पोडी खेल्ने क्रममा ८ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । कटारी नगरपालिका वडा नं.५ भोर्ले बस्ने जगदिश श्रेष्ठको ८ वर्षीय छोरा सिद्धान्त श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको हो ।

हिजो दिउँसो २ बजे श्रेष्ठ सोही स्थानमा रहेको भोर्ले खोलामा नुहाउन गएकोमा नुहाउने क्रममा ८ वर्षीय बालक डुबेर बेहोस् भएका थिए ।

बेहोस् भएपछि आफन्तले उपचारार्थ कटारी अस्पताल लगेकोमा बालकको पौने ४ बजे मृत्यु भएको आफन्तलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *