Sajhamanch Archive

चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

टर्किस एयरलाइन्सबाट काठमाडौं आएकी डेनमार्क नागरिकको नगद तथा सुन चोरी गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा क्युएई र हु झिङहोङ छन् । दुवै जना टर्किस एयरबाटै स्तानबुल जान लागेका थिए ।

प्रहरीका अनुसार डेनमार्क नागरिकले आफ्नो सुन तथा नगद हराएको भनी प्रहरीमा खबर गरेकी थिइन् । विमानबाटै सुन र नगद चोरी भएको उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरीले सुनको बाला दुई थान र विभिन्न देशका मुद्रासहित दुवै चिनियाँलाई पक्राउ गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *