Sajhamanch Archive

आत्महत्या दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटियोः सरकारी वकिलको कार्यालय

Published: in राष्ट्रिय समाचार, समाज by .

चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटिएको जनाएकोे छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुमा रवि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटिएको जनाएको हो । गत ३० साउनदेखि तीनै जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।

पाँच/पाँच दिन गरी दुई पटक म्याद थप गरेर अनुसन्धान गरेपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आइतबार बुझाएको थियो । प्रतिवेदनको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले रविसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटिएको भन्दै मुद्दा दर्ता गरेको छ ।

चितवन जिल्ला अदालतमा दायर मुद्दामा तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।

मुद्दा दर्ता भएकाले अव थुनछेक बयान लिइनेछ । बयानपछि थुनामै राखेर मुद्दा चलाउने, धरौटी माग्ने वा साधरण तारेखमा छोड्नेबारे बहस हुनेछ । बहसपछि मात्रै अदालतले आवश्यक निर्णय लिनेछ ।

गत २० साउनमा पत्रकार पुडासैनी आत्महत्या अगाडि दिएको भिडियो रेकर्डका आधारमा उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

हिमालखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *